किर्ते दस्तखत गरेका गोरखा २(१) का कांग्रेस सभापति गुरुङ जेल चलान

गोरखा | साउन २१, २०८०

किर्ते दस्तखत गरेका गोरखा २(१) का कांग्रेस सभापति गुरुङ जेल चलान

पोखरा:  नेपाली कांग्रेस गोरखा निर्वाचन क्षेत्र नम्बर २(१) का सभापति दीर्घमान गुरुङ (नारायण) जेल चलान भएका छन् ।
 

गुरुङविरुद्ध सरकारी दस्तखत किर्ते कसुरमा २०६१ जेठ १८ गते जिल्ला अदालतले एक वर्षको कैद सजाँय सुनाएको थियो । 

 

त्यसपछि उनी फरार थिए । 

फरार रहेका गुरुङलाई प्रहरीले गत असार २० गते पक्राउ गरेको थियो । त्यसपछि अदालतको फैसला कार्यान्वयनका लागि गुरुङलाई पक्राउ गरेसँगै डिल्लीबजार जेल चलान गरेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

 

उनले पहिल्यैदेखि सरकारी कागजात बनाउनका लागि किर्ते दस्तखत गर्दै आएकाे बताइएकाे छ ।

 

अहिले जेल चलान भएपछि नेपाली कांग्रेसले गुरुङलाई निलम्बन गरेको छ । 

 

जिल्ला समिति गोरखाले प्रेस विज्ञप्ति जारी गर्दै गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले उनलाई पार्टीको सदस्य पदबाट निलम्बन गरेको बताएको छ ।

 

जिल्ला सचिव कृष्णबहादुर आलेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद २, दफा ४ को उपदफा १३(ङ) अनुसार गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २(१) का दीर्घमान गुरुङ फौजदारी अभियोगमा थुनामा रहेकाले पार्टीको सदस्य पदबाट निलम्बन गरिएको छ ।’ 
 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्